Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका फरार प्रतिवादी डंगोल पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी डंगोल पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुुद्दाका फरार प्रतिवादी हेमकाजी महर्जन डंगोल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले लामो समयदेखि फरार रहेका डंगोललाई बिहीबार ललितपुरको गोदावरी नगरपालिकाको ठेचोबाट पक्राउ गरेको जानकारी दिएको छ ।

डंगोलविरुद्ध २०७१ मंसिर २१ गते बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट तीन वर्ष कैद र एक करोड ६५ लाख रुपैयाँ जरिवाना ठहर कायम गरिएको छ । अदालतबाट जरिवाना ठहर भएपश्चात् फरार रहेका ६० वर्षीय डंगोललाई लुकीछिपी बसेको अवस्थामा ठेचोबाट पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

परिसरका अनुसार पक्राउ परेका डंगोललाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारबाहीको लागि सोही दिन ललितपुर जिल्ला अदालत पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया