खर्च नभएपछि १५ महिनाको आयात धान्ने पैसा थुप्रियो
काठमाडौं ।
विश्व महामारी कोरोनाको बाबजुद पनि विदेशी मुुद्राको सञ्चिति बढेको छ । कोभिड १९ कै कारण आयातमा केही मात्रामा भए पनि कमी आएको र यसबीचमा निर्यात बढेका कारण पनि विदेशी मुद्राको सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकका अनुुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुुई दशमलव पाँच प्रतिशतले बढेर २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२ अर्ब दुुई करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७७ साउन मसान्तमा १२ खर्ब ६० अर्ब ३८ करोड पुगेको छ । यस अवधिमा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको विदेशी मुुद्राको संञ्चिति भने २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ साउन मसान्तमा एक खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको पहिलो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७ महिना तीन दिनको वस्तु आयात र १५ महिना छ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८ दशमलव एक प्रतिशत, एक सय २९ दशमलव सात प्रतिशत र ३३ दशमलव आठ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७ दशमलव दुई प्रतिशत, एक सय पाँच दशमलव सात प्रतिशत र ३३ दशमलव एक प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७६ साउन मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ५९ रहेको कच्चा पेट्रोलियम मूल्य २०७७ साउन मसान्तमा २४ प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर ४४.८६ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ साउन मसान्तमा प्रतिऔँस सुनको मूल्य अमेरिकी डलर १५१५.२५ रहेकोमा २०७७ साउन मसान्तमा २८ दशमलव तीन प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९४४.७५ पुगेको छ । २०७७ असार मसान्तको तुलनामा २०७७ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ शून्य दशमलव सात प्रतिशतले अधिमूल्यन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ तीन दशमलव सात प्रतिशतले अवमूल्यन भएको थियो । राष्ट्र बैंकका अनुसार २०७७ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १९ रुपैयाँ ५५ पैसा पुगेको छ । २०७६ साउन मसान्तमा उक्त विनिमय दर एक सय १३ रुपैयाँ ५५ पैसा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया