Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविमानस्थल निर्माणको लागि संघ र प्रदेश सरकारबीच समझदारी

विमानस्थल निर्माणको लागि संघ र प्रदेश सरकारबीच समझदारी


काठमाडौं ।
विमानस्थल निर्माणको लागि संघीय सरकार र प्रदेश सरकारबीच पहिलो पटक समझदारीपत्रमा हस्ताक्षर भएको भएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताए ।

संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको दाबी गदै मन्त्री भट्टराईले भने, ‘यो हाम्रो पहिलो समझदारी हो । अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ । प्रदेश १, सुदूरपश्चिम प्रदेशसँग पनि हुँदै छ ।’ विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र परेपनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने उनको विश्वास छ ।

विमानस्थलमात्र होइन सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्नसक्ने मन्त्री भट्टराईले बताए । ‘निजी एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र उडान गर्न खोज्छन् । हवाइ सेवा पुग्नैपर्ने ठाउँमा सेवा दिनका लागि नेपाल एयरलाइन्स बलियो हुन आवश्यक छ । यसमा प्रदेश सरकारले पनि लगानी गर्न सक्छ’, उनले भने । त्यस्तै मुख्यमन्त्री शाहीले यो समझदारी कर्णाली प्रदेशको लागि ऐतिहासिक भएको बताउँदै मानव सुचकांकमा पछि परेको कर्णालाी प्रदेशलाई कृषि र पर्यटनमार्फत माथि उठाउने दाबी गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया