महेन्द्र शाही
सोलुखुम्बु ।
हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय पीसीआर परीक्षण रोकिएको छ । जिल्लामा लकडाउन र निषेधाज्ञा खुलेसँगै पीसीआर परीक्षण पनि राकिएको जिल्ला स्वाथ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । निषेधाज्ञा तथा बन्दाबन्दीको समयमा जारी रहेको पीसीआर परीक्षण लामो दूरीका सवारीसाधन सञ्चालन भएसँगै रोकिएको हो । माथिल्लो निकायबाट कुनै पनि किसिमको निर्देशन नआएकाले स्वाब संकलन कार्य हुन नसकेको स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख रमेश खकुरेलले जानकारी दिए ।
जिल्लाबाट पछिल्लो पटक असोज १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि २ गते काठमाडौ पठाइएको थियो । नेपाल सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी सञ्चालनको अनुमति दिएको थियो । सरकाले सवारी सञ्चालनको अनुमति दिएसँगै जिल्लाबाहिरबाट जिल्ला भित्रिने यात्रुको संख्या बढेको छ । तर पीसीआर परीक्षण भने हुन सकेको छैन ।
असोज १ गतेपछि स्वाब संकलन नभएको जिल्ला कार्यालय सोलुखुम्बुका प्रमुख खकुरेलले बताए । सरकाले लामो दूरीका सवारीसाधन सञ्चालनको लागि अनुमति दिएसँगै मन्त्रालयबाट कुनै पनि निर्देशन नआएकाले स्वाब संकलन रोकिएको उनको भनाइ छ । सवारीसाधन खुलेसँगै मानिसको आवतजावत बाक्लिएको छ । उनीहरू निर्बाधरूपमा खुलेआम हिँड्डुल गर्दा स्थानीयमा त्रास पनि उत्पन्न भएको छ । सवारी सञ्चालन हुनुभन्दा पहिले जिल्ला भित्रिने सबैको स्वाब संकलन गर्ने गरिएको थियो ।
असोज २ गतेसम्मको तथ्याङ्कअनुसार जिल्लाबाट पाँच सय दुई जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । त्यसमा आठजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै जना निको भएर डिस्चार्ज भइसकेका छन् । आफूहरूले प्रदेशको सामाजिक विकास मन्त्रालयसँग केही दिनमा कुरा गर्ने र त्यसपछि मात्र यस विषयमा आधिकारी जानकारी दिन सकिने प्रमुख खकुरेलको भनाइ छ । पछिल्लो सयम जिल्लामा दैनिकरूपमा २० वटा सवारी साधनबाट र हवाइ जहाजबाट पनि यात्रु आउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया