कोरोनाका सक्रिय संक्रमित २३ हजार पाँच सय
काठमाडौं ।
आइतबारसम्म नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भएमा लकडाउन वा निषेधाज्ञा लगाउने प्रस्ताव गरेको छ । तर व्यवसायीहरुले भने त्यसको विरोध गरेका छन् । संक्रमितमध्ये ७१ प्रतिशत पुरुष र २९ प्रतिशत महिला छन् ।
आइतबारदेखि सोमबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा १३ हजार सात सय ८१ जनाको परीक्षण गर्दा थप दुई हजार चार सय ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये एक हजार पाँच सय तीन जना पुरुष र नौ सय ३७ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा दुई सय जना, प्रदेश दुईमा एक सय २३ जना, वाग्मती प्रदेशमा एक हजार सात सय २७ जना, गण्डकी प्रदेशमा एक सय ५६ जना, प्रदेश नम्बर ५ मा एक सय ४८ जना, कर्णाली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ५० जना नयाँ संक्रमित फेला परेका हुन् ।
सोमबार एकै दिन काठमाडौं उपत्यकामा एक हजार पाँच सय ३१ जना संक्रमित फेला परेका छन् । त्यसमा पुरुष आठ सय ८४ जना र महिला छ सय ४७ जना छन् । योसँगै काठमाडौं जिल्लामा ११ हजार दुई सय ९५ जना, भक्तपुर जिल्लामा एक हजार ३९ जना र ललितपुर जिल्लामा एक हजार पाँच सय ९७ जना कोरोना संक्रमित छन् । सोमबार एकै दिन १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप एक हजार एक सय ३३ जनाले कोरोना जितेर घर फर्किएका छन् । नेपालमा कोरोना लागेर निको हुनेको दर ७३ प्रतिशत रहेको छ । सोमबारसम्म ६५ हजार दुई सय दुई जनाको निको भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया