प्रदेश नं. ५ अब ‘लुम्बिनी’ राजधानी ‘देउखुरी’
बुटवल ।
प्रदेश नं. ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा मंगलबार पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे । मंगलबार प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसेका थिए । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएनन् ।
प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेका थिए ।
त्यसैगरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो । उक्त प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभो बैठकमा मत विभाजन हँुदा दुई तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो । काँग्रेसका केही सांसदहरुले पार्टी ह्विपविपरीत पक्षमा मतदान गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया