Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

२२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


काठमाडौं ।
२२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट पाँच दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भएका रिमाललाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ३५ वर्षीय रिमाललाई ललितपुर महालक्ष्मी न.पा. ८ लुभुबाट पक्राउ गरिएको हो । पक्राउ परेका रिमाललाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारबाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया