बीरगञ्ज ।
विश्व दृश्य दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन पर्साले निःशुल्क आखाँ शिविरको आयोजना गरेको छ । हरेक नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा सजिलो पहँुच होस् भन्ने उद्देश्यले फाउण्डेसन पर्साले बिहीबार आँखा शिविरको आयोजना गरेको हो ।
आँखा शिविरमा दुई सय २५ जनाले सेवा लिएको मातृृका आई फाउण्डेसनका चिकित्सक डा. महेशसिंह धामीले जानकारी दिए । जसमध्ये एक सय ३७ जना महिला र ८८ पुरुष रहेका छन् । चेकजाँचका क्रममा एक सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ, जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा. धामीले बताए । मोतिबिन्दुको समस्या देखिएका आँखाका रोगीहरूलाई मातृका आई फाउण्डेसनले गिरिजा फाउण्डेसन पर्साको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने गिरिजा फाउण्डेसनका पर्साका सचिव धिरज गुप्ताले बताए ।
बहुदरामाई नगरपालिका वडा नं ३ नकरदाहा महावीर साह माविको प्राङ्गणमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले मानव शरीरमा आँखा बहुमूल्य भाग रहेकोले आँखालाई सावधानीपूर्वक हेरचाह गर्नुपर्ने बताए । निःशुल्क आँखा शिविर कार्यक्रममा प्रदेस सांसद राजेश्वर साह तेली, बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव रामनारायणप्रसाद कुर्मी, वडा अध्यक्षद्वय जितेन्द्र पटेल र दिनेश यादव, नेविसंघका जिल्ला सहसचिव दिपेश श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
- रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया