Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० वर्ष पुगेर विवाह गर्ने दम्पतीलाई नगद २० हजार पुरस्कार दिइने

२० वर्ष पुगेर विवाह गर्ने दम्पतीलाई नगद २० हजार पुरस्कार दिइने


बझाङ ।
आशिष बहादुर सिंह
जिल्लाकै विकट गाउँपालिकाको रूपमा परिचित साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई २० हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकामा सानै उमेरमा विवाह गरिदिने र कतिपय किशोर किशोरीहरूले आफैँ भागेर बालविवाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न यस्तो निर्णय गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

विद्यालय जाने उमेर समूहका बालबालिकालाई बालविवाहबाट रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरू बालविवाह रोक्न लागि परेको र अहिलेसम्म दुई बालिकालाई उद्धार गरी माइतीघरमै ल्याउन सफल भएको धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताए । गाउँपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कारबाही गर्ने गाउँपालिकाको नीति छ ।

गाउँपालिका अध्यक्ष धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्न र २० वर्षपछि मात्र विवाह गर्ने चेतना विकास गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको बताए । उनले भने, ‘उमेर नपुग्दै विवाह गर्ने बढ्दो क्रमलाई रोक्न नसकेपछि २० वर्ष नपुगी बिहे गर्नेलाई प्रहरीद्वारा कारबाही गर्ने र २० वर्षपछि मात्र बिहे गर्ने जोडीलाई नगद पुरस्कार दिने निर्णय गरेका हौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया