काठमाडौं ।
उपत्यकामा दुई हजार छ सय ७२ सहित नेपालभर गत २४ घण्टामा पाँच हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या एक हजार दुई सय २९ जना रहेको जानकारी दिए ।
हालसम्म देशभर जम्मा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ छ ।
संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ६ सय ५४ छ । प्रदेश १ मा एक हजार ४७७, प्रदेश २ मा ५०९, वाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना रहेका छन् । प्रवक्ता गौतमले भने, ‘होम हाइसोलेसनमा रहनुभएका व्यक्तिको संख्या प्रदेश १ मा दुई हजार १६४, प्रदेश २ मा ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा एक हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदुरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७ हजार १६४ जना हुनुहुन्छ ।’
गत २४ घण्टामा १९ हजार ३ सय २० मा पीसीआर गरिएको छ । त्योसँगै हालसम्म ११ लाख ६४ हजार ५ सय ५७ परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या चार हजार ६ सय ८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, वाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्बिनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । संक्रमणमुक्त भई हालसम्म घर फर्कनेको संख्या ७४ हजार २५२ छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको संख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको संख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत संख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट संक्रमित भएका छन् भने निको हुनेको संख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चिकित्सक गोविन्द केसीसँग स्वास्थ्यमन्त्री पौडेलले भने- ‘तपाईंले उठाएका माग पूरा गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ’
- महिला स्वास्थ्य स्वयंसेविकासँग शुल्क नलिन यातायात व्यवसायी सहमत
- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया