Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण


काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताए ।

कोरोना संक्रमितको मृत्यु : भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया