Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमका नवनियुक्त महाप्रबन्धक पौडेलद्वारा पदभार ग्रहण

निगमका नवनियुक्त महाप्रबन्धक पौडेलद्वारा पदभार ग्रहण


काठमाडौं ।
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । उनलाई सरकारले चार वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।

सोमबार आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएको भन्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा मिलेर काम गर्ने बताए । नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोले निगमलाई गतिशील बनाउन सबैको सहयोग लिएर सक्दो प्रयास गर्ने बताए ।

निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने उनको दाबी छ । उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने बताए । नायब महाप्रबन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्ने व्यक्ति निगमको महाप्रबन्धक भएर आएकोले निगमले गति लिने विश्वास व्यक्त गरे ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपूर्ण प्रयास आवश्यक रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया