Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी डलर ५० हजारभन्दा बढीको सवारी पैठारीको लागि सटही सुविधा नपाइने

अमेरिकी डलर ५० हजारभन्दा बढीको सवारी पैठारीको लागि सटही सुविधा नपाइने


काठमाडौं ।
अमेरिकी डलर ५० हजारभन्दा बढीको सामान तथा सवारीसाधन पैठारीको लागि विदेशी मुद्राको सटही सुविधा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार नेपाल राष्ट्र बैंकको प्रदेशस्थित सम्पूर्ण प्रादेशिक कार्यालयहरु, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरु समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि निर्देशन दिएको हो ।

एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दे निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अन्तर्गत सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुुहरु सोहीबमोजिम हुुने छ । साथै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारीसाधनहरुको पैठारी अर्को व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्देज लगाइएको हुुँदा सोको लागि विदेशी मुद्राको सटही सुविधा प्राप्त हुुनेछैन, परिपत्रमा भनिएको छ ।

तर भन्सार उपशीर्षक ०९०.११ को नधुुल्याएको मरिचअन्र्तगत औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाणबमोजिम सम्बन्धित उद्योग आफैँले आयात गर्ने प्रयोजनको लागि र विदेशी कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तर्राष्ट्रिय संघ/संस्था र सोमा कार्यरत कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीले निजी प्रयोगको लागि ल्याउने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारी गर्ने प्रयोजनको लागि भने विदेशी मुद्राको सटही सुविधा प्रदान गरिनेछ, परिपत्रमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया