कोरोना संक्रमण : राष्ट्र बैंकले यो वर्ष नयाँ नोट सटही नगर्ने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँतिहारमा नयाँ नोट सटही नगर्ने भएको छ । विगतमा प्रत्येक वर्ष दशैं र तिहारमा नयाँ छपाइ गरेर सर्वसाधारणको लागि नयाँ नोट सटहीको सुविधा दिने गरेको राष्ट्र बैंकले यो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै नयाँ नोट सटही नगर्ने भएको हो ।
‘अहिले विगत वर्षहरुजस्तो अवस्था छैन, समय परिस्थति नै फरक छ, सिंगो विश्व, सिंगो देश र सिंगो नागरिक नै महामारीको त्रासको अवस्थामा छन्, यो अवस्थामा चाडपर्वकै लागि भनेर नयाँ नोट बाँड्नु नबाँड्नुुले खासै अर्थ नराख्न सक्छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टले भने । नयाँ नोट छपाइ राष्ट्र बैंकको नियमित प्रक्रिया हो । राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट छापेर बजारमा पठाउँछ तर अहिले चाडपर्वलाई नै लक्षित गरेर बजारमा नयाँ नोट नपठाउने प्रवक्ता भट्टले बताए ।
यो वर्ष बडादशैँको संघारमा आइपुुग्दा विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्रगतिमा बढ्दै गएको र नेपाल सरकारले त्यसको रोकथाम तथा नियन्त्रणको लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा बढी भीडभाड हुुन नदिने विषय समेत उल्लेख भएको र हाल नेपाल राष्ट्र बैंकसहितका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा समेत संक्रमण फैलिएकोले नयाँ नोट सटही नगर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘नगद सटहीको क्रममा हुुने भीडभाडबाट संक्रमण फैलिनसक्ने खतरा समेतलाई ध्यानमा राखेर आम नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर नोट सहटी नगर्ने निर्णय गरेका हौँ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया