कोभिड प्रभाव : रोजगारी सिर्जना नहुँदा ६ लाख युवा बेरोजगार
काठमाडौं ।
कोभिड १९ महामारीका कारण चलिरहेका उद्योग, कलकारखानाहरु सञ्चालन हुन नसक्दा र नयाँ रोजगारी सिर्जना नहुँदा युवाहरु बेरोजगार हुँदै गएका छन् । सोही क्रममा चालू आर्थिक वर्ष (२०७७/०७८) तीन महिना (साउनदेखि असोजसम्म)को अवधिमा छ लाख नौ हजार तीन सय जना युवाहरु बेरोजगार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार असोज महिनाको अन्तिम साता मात्रै ३९ हजार सात सय जना तथा असोज २२ गतेसम्म पाँच लाख ६९ हजार छ सय जना युवा बेरोजगार भएका छन् ।
युवाहरु बेरोजगार भएसँगै उनीहरुले मन्त्रालय तथा सम्बद्ध निकायलाई जानकारी गराएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतमणि पाण्डेले बताए । उनले कल सेन्टर तथा सम्बद्ध निकायमा गएर युवाहरुले आफू बेरोजगार भएको जानकारी गराएको बताए । युवाहरुले बेरोजगार भए पनि उनीहरुलाई दिने रोजगारीको सुनिश्चितता गर्ने विषयमा भने मन्त्रालय तथा सरकारले कुनै निर्णय नलिएको मन्त्रालय स्रोतले बताएको छ ।
यसैबीच तीन महिनाको अवधिमा श्रमसम्बन्धी अर्थात् रोजगारी गुमेको, सेवा सुविधा प्राप्त नगरेको लगायतको विषयमा साढे तीन सयवटा विवाद/गुनासो प्राप्त भएको तथा एक सय १४ वटा विवाद समाधान भएको र दुई सय ३६ वटा विवाद तथा गुनासो समाधानको प्रक्रियामा रहेको बताइएको छ ।
यसैबीच युवाहरु बेरोजगार भएसँगै मन्त्रालयअन्तर्गतका निकायहरुले विभिन्न प्रतिष्ठान समेत निरीक्षण गरेका छन् । कोभिडको समयमा तलब नपाएको तथा काम गरिरहेको संस्थाहरुबाट विना कारण रोजगारीबाट मुक्त गराएको हुँदा मन्त्रालयले उक्त समस्याको समाधानको लागि चासो दिएको थियो । सो क्रममा असोज २२ गतेसम्म सरोकारवाला निकायबाट दुई सय ३१ वटा र असोज अन्तिम सातामा मात्र ४७ वटा प्रतिष्ठानको अनुगमन गरिएको प्रवक्ता पाण्डेले बताए ।
यसरी अनुगमनपछि उनीहरुको समस्या समाधानतर्फ समेत मन्त्रालय लागेको बताइएको छ । यसैगरी उक्त अवधिमा अर्थात् असोज २२ सम्म दुई सय २० वटा र असोज अन्तिम सातामा मात्र ४२ वटा प्रतिष्ठानमा बालश्रमिक रहे/नरहेको अनुगमन गरिएको थियो । सरकारले सामान्य अवस्था तथा अहिलको परिस्थितिमा रोजगारी सिर्जनातर्फ ध्यान नदिँदा बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया