Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका ३१ सय ६७ संक्रमित थपिए

कोरोनाका ३१ सय ६७ संक्रमित थपिए


काठमाडौं ।
काठमाडौँ उपत्यकामा एक हजार सात सय ४६ सहित देशभर शनिबार अपराह्नसम्मको पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४३८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २५ हजार ३४८ संक्रमित होम आइसोलेसन र १३ हजार २९९ संक्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ । संक्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । जुन कूल संक्रमितको ६९.४ प्रतिशत हो ।

मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया