गरिबी निवारणका लागि उद्यमशीलता तालिम दिइने
काठमाडौं ।
सरकारले गरिबी निवारणका लागि माग र रुचिका आधारमा उद्यमशीलता तालिम दिने भएको छ । गरिबी निवारणका निम्ति जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सरकारले सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तर माथि उकास्नका निम्ति एकीकृत गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्ने बताइन् ।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै उनले गरिबी निवारणका लागि माग र रुचिका आधारमा सीप सिकाउने र उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । अहिले पनि १८ दशमलव ७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रूपमा गरिबी निवारण नीति ल्याएको उनको भनाइ थियो । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौँ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै उनले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रूपमा चिनाउने सरकारको अठोट पूरा गर्न धेरै काम गर्नुपर्ने बताइन् ।
गरिबीबाट मुलुकलाई मुक्त गर्नका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रूपमा सशक्त प्रयास सञ्चालन गरिने उनले बताइन् । विश्वव्यापी साझा चुनौतीको रूपमा रहेको गरिबी निवारणमा टेवा पु¥याउन संयुक्त राष्ट्र संघले सन् १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाउन आव्हान गरेको थियो । त्यसपछि विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया