Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारत्रिवेणी ग्रुपको श्रीगणेश अपार्टमेन्टबाट २३ केजी सुन बरामद

त्रिवेणी ग्रुपको श्रीगणेश अपार्टमेन्टबाट २३ केजी सुन बरामद


काठमाडौं ।
प्रहरीले वीरगञ्जस्थित त्रिवेणी ग्रुपको श्रीगणेश अपार्टमेन्टमा २३ केजीभन्दा बढी सुन बरामद गरेको छ । अवैध सुन राखिएको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपक्षिरिक गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नं– ५ रेसमकोठीमा रहेको श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फल्याटमा छापा मारेको हो ।

प्रहरीले उक्त फल्याटबाट बिस्कुट आकारको १ केजीको दरले १३ वटा, बिस्कुट मझौला आकारको ४६ पिस जसको तौल ८ किलो पाँच सय ७६ ग्राम, बिस्कुट सानो आकारको एक सय ग्रामको दरले १० पिस १ किलोग्राम र विभिन्न सुनका गरगहना छ सय ८१ ग्राम गरी २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । यसैगरी २ केजी दुई सय ६२ ग्राम चाँदी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त फल्याटमा त्रिवेणी ग्रुपको इन्डिया भन्सारको क्लियरिङ एजेन्ट भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाबस्ने गरेको प्रहरीले जनाएको छ ।

त्रिवेण ग्रुपले सो एपार्टमेन्ट निमार्ण गर्ने समयमा क्लियरिङ एजेन्ट सिन्हाको सहयोमा निर्माण समग्रीहरू सहजै वीरगञ्ज प्रवेश हुन्थ्यो । त्यति सहयोग गरेबापत त्रिवेणी ग्रुपले सो अपार्टमेन्टमा एउटा फल्याट क्लियरीङ एजेन्ट सिन्हालाई पुरस्कार स्वरूप दिइएको थियो । यस घटनामा त्रिवेणी गु्रपको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अवैधरूपमा भित्र्याइएको सुन प्रहरीले फेला पारे पनि यसमा संलग्न मानिस भने पक्राउ गर्न सकेको छैन । प्रहरीले बरामद गरेको सुन १८ करोड रुपैयाँ भन्दाबढी मूल्यको रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया