Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनुउत्तरदायी वर्तमान सरकार !

अनुउत्तरदायी वर्तमान सरकार !


काठमाडौं ।
राणाहरूको सरकार जनसरोकारको विषयमा धेरै उत्तरदायी थियो । १९९० सालको महाभूकम्प आउँदा होस् वा समय–समयमा आएको बिफर, दादुरा, क्षयरोग, औलो, ठेउलाजस्ता महामारी आउँदा होस्, तत्कालीन सरकारले निःशुल्क उपचार गरेर जनतालाई राहत पु-याएको थियो ।

विसं १९९० सालको महाभूकम्पमा त देशमा ठूलो क्षेति भएको कुरा आज पनि सुन्न र पढ्न पाइन्छ । त्यतिबेला विदेशीहरूले सहयोग दिन्छु भन्दा पनि सरकारले अहिले हामी आफैँ सक्षम छौँ, सहयोग आवश्यक परेमा माग्नेछौं भनी नेपाली स्वभिमानको प्रर्दशन गरेका थिए । त्यसपछि जनतालाई राहत प्याकेज पनि धमाधम दिन थालियो । हुनेले भत्किएको घर आफैँ बनाउन थाले, नहुनेलाई सरकारले सस्तो ब्याजमा ऋण दिएर भत्किएका घरहरू धमाधम बनाउन लगाइयो ।

त्यसपछि सरकारले पनि भएभरको भत्किएका मठ, मन्दिर, पाटी, पौवा, भीमसेन थापाले बनाएको भीमसेन धरहरा पनि ढलेको हुँदा त्यसलाई पनि तुरुन्तै बनाएर सबै मठमन्दिर पुरानै शैलीमा जस्ताको त्यस्तै बनाएका थिए । तर अहिलेको सरकार एकातिर निर्लज्जरूपमा कोरोनाको संक्रमणबाट उत्पन्न परिस्थितिमा जनतालाई राहत र स्वास्थ्य उपचार गर्न भनी विश्वसामु भिख मागिरहेको छ तर अर्कोतिर पूर्णरूपमा अनुत्तरदायी बनेर जनतालाई राहतको कुनै पनि व्यवस्था गरेको छैन ।

त्यतिबेलाको सरकारले अहिलेको सरकारले जस्तो न त जनताबाट कर नै लिएको थियो न त विदेशीहरूसित सहयोग नै लिएको थियो, न त जनताको टाउकोमा ऋण नै बोकाएको थियो । पछि सबैतिर भूकम्पको भयावह अवस्था सकिएपछि सरकारले ऋण लिएर घर बनाउने सम्पूर्णलाई ऋण मिनाहा गरिदिएको थियो ।

बरु त्यतिबेलाका शासकहरू जनतामुखी रहेछन् । निरंकुश भन्ठानेको त ती पनि आज आएर जनतामुखी पो हुन पुगेछन् । श्री ५ बडामहाराजा धिराज पृथ्वीनारायण शाहले त्यति बेलाका थापा, पाँडे, पाण्डे, बस्नेत अधिकारी, गुरुङ, मगरजस्ता विभिन्न जातजातिहरूको सल्लाह र सहयोग लिएर बाईसे, चौबीसे, विजयपुर, चौदण्डी राज्यका साथै काठमाडौँ उपत्यकासमेत जिती नेपलको एकीकरण गरेर विशाल नेपलको स्थापना गरेका थिए ।

एकीरणको क्रममा सबै जातजाति र हतियार बनाउनको लागि ल्याइएका केही मुसलमानहरूलाई पनि सामेल गरेर राज्य एकीकरण गरेका थिए । एकीकरणपछि तुरुन्त राजाले छुवाछुतको प्रथालाई हटाएर जो जहाँ पुजारी, मठाधिकारीहरूलाई पुजारीको पद दिएर पूजा सुचारू गर्न लगाएर राजा काठमाडौँ विजय भएपछि तुरुन्त जीवित कुमारीको पूजा गरेर खुट्टा समाएर ढोगेका थिए । कुन–कुन मन्दिरमा कुन–कुन जाताको पुजारी छन् भन्ने कुरा यहाँहरूलाई अवगतै छ किनकि आजसम्म नै त्यही परम्परा चलिआएको छ ।

नेपाल एकीकरण हुनासाथ धर्म जातीय विखण्डन मच्चाउनको लागि केही क्रिश्चियनहरू नेपाल पसेको कुरा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण साह सरकारले थाहा पाउनासाथ तिनीहरूलाई राजाले सात दिनभित्र नेपाल छोड्ने नत्र तिमीहरूलाई मार्नेछौँ भनी आदेश जारी गरी तिनीहरूलाई देशनिकला गरेका थिए । यस घटनाको बदला लिन क्रिश्चियन पादरीहरू रिसाएर ब्रइन हडसन नामक व्यक्तिलाई बृटिस रेजिडेन्टको रूपमा काठमाडौँ पठाए । उक्त ब्रिटिस रेजिमेडन्ट ब्राइन हड्सनले नेपालको बारेमा प्रिजनर अफ काठमाडौँ नाम भएको एउटा भ्रमपूर्ण किताब लेखेर त्यति बेलाका शासकहरू सारै क्रूर र निर्दयी थिए भन्ने भ्रम फैलाए ।

गोर्खाली सेनाले विजय गरेपछि कीर्तिपुरका शासकको नाक गयो भन्ने चलन थियो । त्यतिबेला कुनै छोरीचेली जात नमिल्नेसँग पोइल गए भने फलानोको छोरीले त बाउबाजेको नाकै काटेर पोइल गइछ भन्ने चलन थियो । यसै कुरालाई लिएर त्यतिबेलाको विदेशी लेखकले धेरै पटक कीर्तिपुरेसँग युद्ध हारेको र आफ्ना कन्छा भाइ मारिएको हुँदा श्री ५ पृथ्वीनारायण शाह रिसाएर कीर्तिपुरे जनताको नाककान काटिदिए भन्ने कपोकल्पित अतिशयोक्तिपूर्ण कुरा आफ्नो किताबमा लेखे । उक्त किताबमा काटिएको नाक र कान गरी १७ धार्नी भएक थियो भन्ने भ्रम फैलाएर श्री ५ पृथ्वीनारायण शाहलाई निर्दयी र क्रूर शासकको रूपमा प्रमाणित गर्न खोजे ।

हालसम्म नाककान काटेको देख्ने कुनै व्यक्ति छैन, कुनै प्रमाण छैन, कुनै साक्षी छैन, कुनै फोटो पनि सार्वजनिक भएको छैन, यो त केवल नेपालीहरूबीच सदियौंदेखि कायम रहेको सामाजिक सद्भाव खल्बलाउने पश्चिमा मुलुकहरूको षड्यन्त्र मात्र थियो, कुनै सत्यता थिएन । यस्ताखाले सबै भ्रमहरू चिर्दै कोरोनाको महामारीबाट सृजित आर्थिक तथा जनस्वस्थका समस्याहरूप्रति जनउत्तरदायी बन्न म सरकारलाई आह्वान गर्दछु


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया