सुरेश राउत
काठमाडौं, पुस १४
बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले कुल १४ लाख ५६ हजार चार सय १० वटा कर्जा खातामार्फत ३० खर्ब ५१ अर्ब ४४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले १३ लाख ३३ हजार तीन सय ४१ वटा कर्जा खातामार्फत २६ खर्ब २१ अर्ब ३२ करोड ९१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा खाताको संख्या एक लाखले बढ्दा कर्जा रकम झण्डै चार खर्ब रुपैयाँले बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो चार महिनामा १० लाख ८१ हजार नौ सय ७१ वटा कर्जा खातामार्फत २६ खर्ब ४३ अब १२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले नौ लाख ८४ हजार दुई सय ३० वटा कर्जा खातामार्फत २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यसैगरी विकास बैंकहरुले पनि चालू आवको पछिल्लो चार महिनामा तीन लाख ३० हजार तीन सय ६१ वटा कर्जा खातामार्फत तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले तीन लाख १० हजार ६८ वटा कर्जा खातामार्फत दुई खर्ब ३१ अर्ब १६ करोड ८७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो चार महिनामा ४४ हजार ७८ वटा कर्जा खातामार्फत ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले ३९ हजार ४३ वटा कर्जा खातामार्फत ६० अर्ब आठ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया