देशभर २५ सय ८ जना संक्रमित थप १७ जनाको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । शनिबारको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् ।
अहिलेसम्म एक लाख ३१ हजार २ सय २२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ । संक्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५ सय ३२ पुरुष रहेका छन् । शनिबार देखिएका संक्रमितसँगै संक्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ५ सय ८४ पुगेका छन् ।
काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना संक्रमित देखिएका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य संक्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।
१७ जनाको मृत्यु : यसैगरी शनिबार १७ जनाको संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९ सय ३७ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट निधन हुने कुल संक्रमितको ०.५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया