Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन सय ४७ जना आईसीयूमा, ७४ जना भेन्टिलेटरमा

तीन सय ४७ जना आईसीयूमा, ७४ जना भेन्टिलेटरमा


काठमाडौं ।
नेपालमा कोरोनाका गम्भीर बिरामीहरुको संख्या दैनिक बढ्दो छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पतालमा तीन सय ४७ जना कोरोना संक्रमितहरु आईसीयुमा र ७४ जना भेन्टिलेटरमा भर्ना भएका छन् । सरकारको उक्त तथ्यांकले पछिल्लो समय देशमा कोरोनाका गम्भीरखालका बिरामीको संख्या बढेको देखाएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा आईसीयूमा ३८ जना र भेन्टिलेटरमा १२ जना, प्रदेश नम्बर २ मा आईसीयूमा १० जना छन् भने भेन्टिलेटरमा एक जना पनि बिरामी छैनन् ।

त्यस्तै, वाग्मती प्रदेशमा सबैभन्दा बढी एक सय १० जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् । गण्डकी प्रदेशमा ६४ जना आईसीयूमा र आठ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र छ जना भेन्टिलेटरमा कर्णाली प्रदेशमा पाँच जना आईसीयूमा र भेन्टिलेटरमा एक जना पनि छैनन् भने सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा अर्थात् सोमबार दिउँसोसम्म दुई हजार नौ सय ३३ जनामा कोरोना देखिएको छ । त्यसमा पुरुष एक हजार सात सय ५७ जना र महिला एक हजार एक सय ७६ जना रहेका छन् । कोरोनाबाट संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् । मन्त्रालयका अनुसार सोमबार मात्रै प्रदेश १ मा चार सय ४१ जना, प्रदेश २ मा एक सय चार जना, वाग्मती प्रदेशमा दुई हजार तीन जना, गण्डकी प्रदेशमा दुई सय ५५ जना, लुम्बिनीमा प्रदेशमा दुई सय ७९ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै सोमबार एक हजार छ सय ३० जनामा कोरोना देखिएको छ । त्यसमध्ये नौ सय २८ जना पुरुष र सात सय दुई जना महिला रहेका छन् । काठमाडौंमा १६ हजार एक सय १८ जना कोरोनाका सक्रिय संक्रमित छन् । काठमाडौंमा कोरोनाको कारण दुई सय ४३ जनाको मृत्यु भइसकेको छ । भक्तपुरमा एक हजार ३३ जना सक्रिय संक्रमित र मृत्यु हुनेको संख्या ६७ पुगेको छ । भक्तपुरमा भने सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय ८८ जना र ६३ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार सात सय ९७ जना, भक्तपुरमा एक हजार सात सय ७९ जना र ललितपुरमा दुई हजार दुई सय ५७ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार नेपालमा पीसीआर गरिएकामध्ये संक्रमित हुनेको दर १२ प्रतिशत देखिएको छ । यसरी कोरोना लागेकामध्ये मृत्यु हुनेको दर शून्य दशमलव ६ प्रतिशत रहेको छ । विश्वमा कोरोनाबाट मृत्यु हुनेको दर दुई दशमलव छ प्रतिशत देखिएको छ । मुस्ताङ, मनाङ्ग र बाजुरामा मात्र कोरोनाबाट संक्रमितको संख्या शून्य छ । अरु सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया