Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक करोड नगदसहित हुुण्डी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ

एक करोड नगदसहित हुुण्डी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकले गैरकानुुनी ठहर गरेको हुुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । एक करोड रुपैयाँ नगदसहित हुुण्डी कारोबारमा संलग्न तीन व्यक्तिहरूलाई सोमबार पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार सोमबार साँझ अन्दाजी ५ बजे हुुण्डी कारोबारमा संलग्न भएको अभियोगमा झापाको दमक नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ११ ताहाचल बस्दै आएका ३१ वर्षीय विकास मित्तल, झापाकै दमक नगरपालिका वडा नम्बर ६ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बस्ने २७ वर्षीय कमल मित्तल र पर्वतको कुश्मा नगरपालिका १ घर भई हाल हाल काठमाडौं महानगरपालिका वडा नम्बर २२ बस्ने ३२ वर्षीय गणेश पौडेललाई पक्राउ गरिएको हो ।

काठमाडौंको ओमबहालस्थित गोल्डेन लिफ होटलमा अवैधरुपमा हुुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा कारबाही सञ्चालन गर्दा ती व्यक्तिहरू पक्राउ परेको प्रवक्ता पाण्डेले बताए । उनीहरूको साथबाट नेपाली रुपैयाँ एक हजार दरका ६८ लाख ७३ हजार र नेपाली रुपैयाँ पाँच सय दरका ३१ लाख ११ हजारसहित नेपाली रुपैयाँ ९८ लाख ८४ हजार र अमेरिकी डलर नौ सय बरामद गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबार राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया