Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन् ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन् ‘गोल्डेन क्विन अफ २०२०’


काठमाडौं ।
१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले ‘गोल्डेन क्विन अफ २०२०’ जितेकी छिन् । गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर र दुई महिनाअगाडि फस्र्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधिसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवलअन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरेकी हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षीया प्रिन्सा खड्काले सबैलाई पछि पार्दै ‘गोल्डेन क्विन’को उपाधि हात पारेकी हुन् । मंगलबार टिभी स्टार्ट फेस्टिवलले ‘गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२०’ घोषणा गरेको हो । अनलाइनमार्फत विभिन्न चरणमा सम्पन्न प्रतिस्पर्धामा उक्त सफलता प्रिन्साले हात पारेकी हुन् । प्रतियोगितामा प्रिन्साको विभिन्न भिडियो र तस्बिरहरु प्रतिस्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपालस्थित मोर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए ।

प्रिन्साले दुई महिनाअघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षीया प्रिन्सा खड्काले फर्स्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को उपाधिसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवलअन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन् । रुकुमकी प्रिन्सा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया