काठमाडौं ।
बैंकिङ क्षेत्रमा निक्षेप रकम घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण आम सर्वसाधारणको आम्दानीको स्रोत कमजोर भएपछि बैैंकिङ क्षेत्रको निक्षेप पनि कमजोर भएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप शून्य दशमलव एक प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव चार प्रतिशतले घटेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ५० दशमलव छ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३२ दशमलव नौ प्रतिशत र ४८ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३ दशमलव आठ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव सात प्रतिशत रहेको थियो ।
चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १० दशमलव आठ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव छ प्रतिशतले र फाइनान्स कम्पनीहरुको तीन दशमलव एक प्रतिशतले घटेको छ । यस अवधिमा विकास बैंकहरुको कर्जा प्रवाह भने शून्य दशमलव नौ प्रतिशतले बढेको छ ।
यसैगरी २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव एम प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव सात प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव एक प्रतिशत र १३ दशमलव छ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुुई प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुुई दशमलव तीन प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा एक दशमलव चार प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा शून्य दशमलव पाँच प्रतिशतले, रियलस्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घरकर्जा शून्य दशमलव एक प्रतिशतले र मार्जिन प्रकृति कर्जा शून्य दशमलव तीन प्रतिशतले बढेको छ । यस अवधिमा ओभरड्राफ्ट कर्जा दुुई दशमलव दुुई प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा नौ प्रतिशतले र हायर पर्चेज कर्जा एक दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कुल आन्तरिक कर्जामा एक दशमलव चार प्रतिशतले कमी : कुल आन्तरिक कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो एक महिनामा कुल आन्तरिक कर्जा एक दशमलव चार प्रतिशतले घटेको हो ।अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा एक दशमलव एक प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा यस्तो कर्जा १३ दशमलव तीन प्रतिशतले बढेको छ ।
चालू आवको पहिलो एक महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबीमा खासै परिवर्तन आएको छैन । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी एक दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ दशमलव तीन प्रतिशतले बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया