Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा

स्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा


काठमाडौं ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेका थिए ।

नरवणेले बुधबार काठमाडौंका विभिन्न धार्मिक स्थलको भ्रमण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

बिहीबार नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ । कालापानीको सीमा विवादमा नरवणेले नेपाल र नेपालीविरुद्ध अभिव्यक्ति दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया