Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रौनियार पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रौनियार पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सत्यनारायण प्रसाद रौनियार पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार पर्सा वीरगञ्ज महानगरपालिका ६ माईस्थान बस्ने ५८ वर्षीय रौनियारलाई काठमाडौं रातोपुलमा लुकिछिपी बसिरहेको अवस्थामा बुुधबार पक्राउ गरिएको हो ।

प्रवक्ता पाण्डेका अनुसार मन्दिप कुमार थापा र सन्तोष कुमार चौधरीको जाहेरीले वादी नेपाल सरकार एवं प्रतिवादी रौनियार भएको बैंकिङ कसुरसम्बन्धी मुुद्दामा ती व्यक्ति पक्राउ परेका हुुन् । पक्राउ परेका रौनियारविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुुईवटा मुुद्दाहरू रहेको थियो । ‘ती कसुरअन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य रौनियारलाई विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो’, प्रवक्ता पाण्डेले भने ।

प्रवक्ता पाण्डेका अनुसार पक्राउ परेका रौनियारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरू काटी बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको थियो । उनलाई फैसला कार्यान्वयनको बिहीबार नै जिल्ला अदालत पर्सामा पेश गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया