Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन हजार ५१ नयाँ संक्रमित

तीन हजार ५१ नयाँ संक्रमित


काठमाडौं ।
कोरोनाको कारण बिहीबारसम्म एक हजार ५२ जनाको मृत्यु भएको छ भने बिहीबार थप ३ हजार ५१ जनामा कोरोना भाइरस ९कोभिड –१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ६८ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार २ सय ९ महिला र एक हजार ८ सय ४२ पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५ सय १४ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या तीन हजार ४ सय ३० रहेको छ । योसँगै निको हुनेको संख्या एक लाख ४८ हजार ४ सय ८ पुगेको छ । हाल देशभर एक हजार दुई सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो  ।

मन्त्रालयका अनुसार उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८ सय ५९ रहेको छ । भक्तपुरमा हालसम्म ६ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुने चार हजार ९ सय १५ रहेका छन् । यस्तै ललितपुरमा कुल नौ हजार ६ सय ६३ संक्रमितमध्ये सात हजार ३ सय २२ जना निको भएका छन् । हाल दुई जिल्ला मनाङ र बाजुराबाहेकका ७५ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया