Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण :

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण :


काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित ठेक्का प्रकरणमा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मुद्दा जितेका छन् । झण्डै आठ वर्षअघिको बैंक ग्यारेन्टीसम्बन्धी चिनियाँ कम्पनी चाइना रेल्वे ब्युरो फिप्टिनसँगको मुद्दाको पुुनः सुुनुवाइ हुँदा चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् नेपाली बैंकहरुले उक्त मुुद्दा जितेका हुन् ।

पिपुल्स कोर्टको यो फैसलापश्चात् हिमालयन बैंक र बीओकेले झण्डै एक अर्ब ५० करोड नेपाली रुपैयाँ फिर्ता पाउनेछन् । यसरी पाउने रकममध्ये हिमालयन बैंकको भागमा ६६ करोड र बैंक अफ काठमाण्डूको भागमा झण्डै ९० करोड रुपैयाँ परेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेको तर्फबाट चाइना कन्स्ट्रक्सन बैंकको बैंक ग्यारेन्टीमा नेपालको तर्फबाट हिमालयन र बीओकेले काउन्टर ‘ग्यारेन्टी’ दिएका थिए । तर पछि मेलम्ची आयोजनाको निर्माणका क्रममा विभिन्न किसिमका अवरोध र असहमति देखिएपश्चात् चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले बीचैमा ठेक्का सम्झौता तोडेको थियो । सो पश्चात् चाइना रेल्वेले बैंक ग्यारेन्टी रोक्का राख्न माग गर्दै चिनियाँ अदालतमा नेपालको हिमालयन बैंक र बीओकेविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुुद्दामा चिनियाँ बैंकले हिमालयन बैंक र बीओकेको विरुद्धमा फैसला गरेको थियो । उक्त फैसलापश्चात् चिनियाँ कानुुनमा भएको व्यवस्थाअनुसार हिमालयन बैंक र बीओकेले फैसला चित्त नबुुझेको भन्दै हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टमा पुनरावेदन गरेका थिए । सो अनुुसार उक्त अदालतले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकको ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी रकम फिर्ता आउने भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया