Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यकामा ट्राफिक सचेतनाको लागि सांगीतिक डमी अभियान

उपत्यकामा ट्राफिक सचेतनाको लागि सांगीतिक डमी अभियान


काठमाडौं ।
ट्राफिक सचेतना अभिवृद्धिको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । अभियानको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले शनिबार आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले गीतसङ्गीत भनेको हर जनको हर परिस्थितिको साहारा र साथी भएकोले गीतसङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान सुरू गरिएको बताए । सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोकचोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरू बजाउँदै जनचेतना जगाउने काम भएको उनले बताए ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाको विभिन्न सडकछेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखाले सांगीतिक डमी अभियान शुभारम्भ गरेको जनाएको छ ।

महाशाखाले गीतसंगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवं ट्राफिक गीतहरू समावेश गरी अडियो क्लिप तयार गरिएको छ । सो ट्राफिक सन्देश र गित भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य पाँचवटा चोकहरू बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिईने महाशाखाले जनाएको छ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

प्रत्येक आधा घण्टामा कम्तीमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक तीन हजारभन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने महाशाखाले अपेक्षा लिएको जनाएको छ । यसरी एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको महाशाखाको भनाइ छ । जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरूले आ–आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रवाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउँदै भिडभाड हुने अन्य स्थानहरूमा समेत सांगितिक डमी राख्दै लैजाने योजना रहेको महाशाखाले जनाएको छ ।

उक्त कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए भने कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारबाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ ।

महाशाखाले सडक सचेतना सँगसँगै सडकको वैज्ञानिक विकास र कानुनको कार्यान्वयनलाई एकैसाथ अगाडि बढाइराखेको छ भने सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारङ्गी टोली, प्लेकार्डरफ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालकउपर दैनिक कक्षा, स्कुलरकलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतना पनि प्रदान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया