काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमान घिसिङले गत भदौ २९ गते अनिवार्य अवकाश पाएपछि ऊर्जा मन्त्रालयले प्राधिकरणकै लेखातर्फका प्रमुख उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त एमडीको जिम्मेवारी दिएको थियो ।
प्राधिकरणले जनअपेक्षाअनुसार काम गर्न नसकेपछि ऊर्जा मन्त्रालयले सोमबार प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी बनाएको हो । कोइरालाले जिम्मेवारी पाएपछि छिनछिनमा बिजुली जाने समस्या देखिएको थियो । सबैभन्दा बढी बिजुली खपत हुने तिहारको केही दिनअगाडि शाक्यले प्राधिकरणको नेतृत्व लिएका छन् । उनको क्षमताको यही तिहारमा परीक्षण हुनेछ ।
शाक्यलाई निमित्तको जिम्मेवारी दिन उनको काज प्राधिकरणमै फिर्ता गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई एमडीको पूर्ण जिम्मेवारी दिनको लागि अहिले निमित्तको जिम्मेवारी दिइएको हो । मन्त्रिपरिषद्ले उनलाई प्राधिकरणको एमडी बनाउने तयारी गरेको स्रोतको दाबी छ । इलामका शाक्यसँग प्रसारणलाइन निर्माणको राम्रो अनुभव भएको मानिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया