काठमाडौं उपत्यकामा मात्रै २० हजार नाघे कोरोना संक्रमित
काठमाडौं ।
काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २० हजार दुई सय ६० जना पुगेको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा एक हजार चार सय २० जना संक्रमित थप भएका हुन् ।
मन्त्रालयका अनुसार मंगलबार थप भएसँगै काठमाडौंमा जिल्लामा मात्रै १६ हजार छ सय ८६ जना, ललितपुरमा दुई हजार तीन सय ५० जना र भक्तपुरमा एक हजार दुई सय २४ जना रहेका छन् । काठमाडौंमा मंगलबारसम्म दुई सय ८० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ७३ जना मृत्यु भएको छ । मानिसहरुको भीडभाड बढेसँगै काठमाडौंमा कोरोना संक्रमितको दर बढेको हो । साउनपछि काठमाडौं उपत्यकासहित देशभरका सहरी क्षेत्र र जिल्ला सदरमुकामहरुमा कोरोना संक्रमितको संख्या बढेको छ । ग्रामीण क्षेत्रमा भने सहरको तुलनामा संक्रमितको संख्या ह्वात्तै घटेको छ ।
नेपालभर मंगलबारसम्म एक लाख ९९ हजार सात सय ६० जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये एक लाख ६० हजार पाँच सय ७७ जनाले कोरोना जितेका छन् । मंगलबारसम्म देशभर ३८ हजार ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । कोरोना पोजिटिभ देखिएकाहरुमध्ये एक हजार एक सय ४८ जनाको मृत्यु भएको छ । मंगलबार मात्र एक हजार नौ सय ६० जनाको परीक्षण गर्दा दुई हजार सात सय ३६ जनामा कोरोना देखिएको थियो भने मंगलबार आठ सय ५३ जना कोरोनामुक्त भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया