Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा चार महिनामा ५७ अर्ब रुपैयाँको ऋणपत्र बिक्री

राष्ट्र बैंकद्वारा चार महिनामा ५७ अर्ब रुपैयाँको ऋणपत्र बिक्री


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहीबार पुुनः १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यसरी बिक्री गर्न लागिएको ऋणपत्र पुरानो नवीकरणअन्तर्गतको हो । यसअघि यही कात्तिक २४ गते पनि राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । जारी मिति यही मंसिर २ गते तोकिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ फागुुन ४ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ जेठ ४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही कात्तिक २४ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको १२ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् यही कात्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा लक्ष्यअनुसारको सबै आन्तरिक ऋण बिक्री गरिसकेको छ ।

राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । यसको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया