Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिशोर प्रधानलाई ३० जिल्ला नगर अध्यक्षको सामूहिक समर्थन

किशोर प्रधानलाई ३० जिल्ला नगर अध्यक्षको सामूहिक समर्थन


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनका लागि दुवै पक्षले आफ्नो प्रचारलाई तीव्रता दिँदै आफ्नो पक्षमा मत तान्ने प्रयास गरेका छन् । यही क्रममा महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई मंगलबार एकैदिन ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर साहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोहीअनुसार निर्णय गरिएको बताए ।

आफ्ना उम्मेदवारलाई परिचय गराउँदै जिल्ला नगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि दुई कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको साहले बताए । कार्यक्रमका सहभागीहरुले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई विजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वातावरण बनाउनका लागि पनि प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरुको भनाइ छ ।

प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष साहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपुरधाम उद्योग वाणिज्य संघ (ललित साह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जुकुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुणकुमार प्रधान, अध्यक्ष), उद्योग वाणिज्य संघ, मलङ्गवा, उद्योग वाणिज्य संघ, सर्लाही (बीरेन्द्रप्रसाद साह, अध्यक्ष), गौशाला उद्योग वाणिज्य संघ (रामराजाप्रसाद साह, अध्यक्ष), जलेश्वर उद्योग वाणिज्य संघ (कृपाशंकर साह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहनप्रसाद गुप्ता, अध्यक्ष), वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष), इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष), जाजरकोट उद्योग वाणिज्य संघ (कर्णबहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धनबहादुर रावत, अध्यक्ष) लगायत छन् ।

यस्तै उदयपुर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपुर उद्योग वाणिज्य संघ, लाहान उद्योग वाणिज्य संघ, सिराहा उद्योग वाणिज्य संघ (प्रमोदकुमार पोहार, अध्यक्ष) र धनकुटा उद्योग वाणिज्य संघले पनि प्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।

चरीकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष), उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष), दमक उद्योग वाणिज्य संघ (गोकुल श्रेष्ठ, अध्यक्ष), मेची उद्योग वाणिज्य संघ (ऋषी तिम्सिना, अध्यक्ष), कपिलवस्तु उद्योग वाणिज्य संघ, (यज्ञप्रसाद भट्टराई, निमित्त अध्यक्ष), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

रौतहत र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।

समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफूप्रति साना तथा मझौलासहित ठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने बचनबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया