Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ कै कारण बैंकस्तरीय कारोबार घट्यो

कोभिड १९ कै कारण बैंकस्तरीय कारोबार घट्यो


काठमाडौं ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको छ । कोभिड १९ को नियन्त्रणको लागि निकै लामो समय मुुलक लकडाउन र निषेधाज्ञामा रहँदा आर्थिक गतिविधि लगभग सुस्त भएको थियो । सोही कारण यसको असर तथा वित्तीय संस्थाहबीच एक आपसमा हुुने अल्पकालीन अवधिको नगद कारोबार अर्थात् अन्तरबैंक कारोबारमा पनि परेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा लघुुवित्त संस्थाबाहेकका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले मात्र ३७ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र सात अर्ब ३८ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ३० अर्ब २४ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः तीन खर्ब ९५ अर्ब ८७ करोड र २९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए ।

सोही आधारमा चालू आवको भदौ मसान्तमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुुई दशमलव ७३ प्रतिशत रहेकोमा २०७७ भदौमा शून्य दशमलव १३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७६ भदौकोे एक दशमलव ६९ प्रतिशतको तुलनामा २०७७ भदौमा शून्य दशमलव शून्य आठ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ भदौमा नौ दशमलव ५३ प्रतिशत रहेकोमा २०७७ भदौमा सात दशमलव ८३ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव १८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ८० प्रतिशत र ११ दशमलव ९७ प्रतिशत रहेको मात्र रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया