कतारी राजकुमारको टोलीद्वारा आमादब्लम हिमालको सफल आरोहण
सोलुखुम्बु ।
कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रबन्धनिर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली कात्तिक १० गते दशैँको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । टोलीले हिमाल आरोण सफल रुपमा सम्पन्न गरेको पौडेलको भनाइ छ । यो आरोहण टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना सहभागी थिए । हिमाल आरोहणको मुख्य सिजनमा समेत कोरोनाका कारण पर्यटक नआएको यो समयमा विदेशी विशिष्ट व्यक्तिहरुको आगमनले पर्यटन क्षेत्रलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
कोरोना महामारीका कारण यो हिमाल आरोहणको मुख्य सिजनमा समेत सुनसान बनेको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले असोज १७ गते सोलुखुम्बुमा रहेको छ हजार एक सय १९ मिटर अग्लो लोबुचे हिमालको आरोहण गरेको थियो । सो टोलीले असोज २९ गते गोरखामा रहेको आठ हजार एक सय ५६ मिटर अग्लो मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया