Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई महिनामा एक खर्ब ११ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत

दुई महिनामा एक खर्ब ११ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत


काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा एक खर्ब ११ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आवको दुई महिनाको प्रतिवेदनअनुसार यस अवधिमा एक खर्बबराबरको विकास ऋणपत्र, चार अर्ब ४५ करोडबराबरको साधारण सेयर, तीन अर्ब ८७ करोडबराबरको बोनस सेयर, दुई अर्बबराबरको डिबेन्चर, ७० करोडबराबरको हकप्रद सेयर र ६५ करोडबराबरको म्युअचल फण्ड समेत गरी कुल एक खर्ब ११ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुुन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले ९३ करोड ८६ लाखबराबरको साधारण सेयर र ३६ करोड ४० लाखबराबरको हकप्रद सेयर समेत गरी कुल एक अर्ब ३० करोड रुपैयाँबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । चालू आवको भदौ मसान्तमा ११ सय ५० दशमलव सात अंकमा रहेको नेप्से सूचकांक २०७७ भदौ मसान्तमा १५ सय ४१ दशमलव चार अंकमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार अंकमा रहेको थियो । २०७७ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २० खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

२०७७ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १० रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७५ दशमलव आठ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा पाँच दशमलव नौ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव छ प्रतिशत, होटेलको हिस्सा एक दशमलव एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १३ दशमलव तीन प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ भदौसम्ममा सूचीकृत चार अर्ब ८७ करोड सेयरको चुक्ता मूल्य भने चार खर्ब ७७ अर्ब ७९ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया