Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराहत कोटा कार्यान्वयनको माग अघि सारेर दृष्ट्रिविहीनद्वारा आमरण अनसन

राहत कोटा कार्यान्वयनको माग अघि सारेर दृष्ट्रिविहीनद्वारा आमरण अनसन


कञ्चनपुर ।
दृष्ट्रिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सार्दै कञ्चनपुरका दृष्ट्रिविहीनहरू आन्दोलित भएका छन् । बुधबारदेखि कञ्चनपुरका दृष्ट्रिविहीन तथा अपाङ्गता भएका व्यक्ति दृष्ट्रिविहीन महिला शिक्षक राहत कोटालाई कार्यान्वयन गर्न माग अघि सार्दै आन्दोलित भएका हुन् ।

दृष्ट्रिविहीनका अगुवा नेतृत्वकर्ता बलराम पन्तले सत्याग्रह आमरण अनसन सुरु गरेका छन् । उनले शिक्षा विकास तथा समन्वय एकाइ केन्द्रको कार्यालयमा सत्याग्रह आमरण अनसनमा बसेका हुन् । उनलाई भवेन्द्र सिह, हरिष नेपाली, र करन साउदँले सहयोग गरेका छन् । ‘दृष्ट्रिविहीन अपाङ्गता भएको राहत महिला शिक्षक कोठा थियो’, अनसनत बलराम पन्तले भने, ‘उक्त कोटा सरकारले दियो, तर जिल्ला समन्वयले खाइदियो ।’

दृष्ट्रिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर पटक–पटक सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदा समेत कार्यान्वयन नगरेकाले बाध्य भएर आमरण अनसनमा बसेको उनले बताए । उनीहरूले दृष्ट्रिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनका साथै स्थानीय तह, प्रदेश , संघीय र सुदूरपश्चिम विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने माग समेत अघि सारेका छन् । ‘शारीरिक रूपमा अपाङ्ग छौँ’, पन्तले भने, ‘बौद्धिक रूपमा अपाङ्ग छैनौँ, तर पनि राज्यले दिएका कोटा सरकारी निकायबाटै गायब भइरहेका छन् ।’

माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने उनले बताए । शिक्षा विकास तथा समन्वय एकाइ केन्द्रका शाखा अधिकृत राजेन्द्रप्रसाद भट्टले अपाङ्गता भएका व्यक्तिले अघि सारेका माग जायज भएको बताएका छन् । उनीहरूका माग भएकाले एकाइ प्रमुअ एकाइ प्रमुख आएपछि आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्याको निकास निकाल्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया