Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ सय तीन जनामा कोरोना

२१ सय तीन जनामा कोरोना


काठमाडौं ।
बिहीबार एकैदिन कोरोनाबाट संक्रमण हुनेभन्दा कोरोनाबाट मुक्त हुनेको संख्या सात सय ५५ जना बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार दुई हजार एक सय तीन जनामा कोरोना देखिएको छ भने दुई हजार आठ सय ५८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । बिहीबार नौ हजार आठ सय पाँच जनाको परीक्षण गरिएको थियो ।

आठ सय ६४ महिला र एक हजार दुई सय ३९ पुरुषलाई कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाख ८५ हजार छ सय ३८ पुगेको छ । निको हुने दर ८६ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।अहिले देशभर २८ हजार १ सय ६ सक्रिय संक्रमित छन् । देशभर ७ सय १७ जना क्वारेन्टिनमा र २५ हजार ३ सय ४७ होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ३ सय ८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । बिहीबार मात्रै काठमाडौँ उपत्यकामा एक हजार २ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ सय १३ महिला र ७ सय १६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४ सय ४१, ललितपुरमा दुई हजार २ सय ४४ र भक्तपुरमा ९८९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया