काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रदेश नम्बर १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । राउत महासंघको प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत हुन् । महासंघको केन्द्रीय सदस्यका लागि सात प्रदेशका लागि एक/एक वटा कोटा छुट्ट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । केन्द्रीय सदस्यका अन्य उम्मेदवारहरू उमेश घिमिरे, राजू लयालु, गजेन्द्र भगतले उम्मेदवाारी फिर्ता लिएपछि राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको महासंघ निर्वाचन समितिले जनाएको छ ।
२० वर्षदेखी उद्योग बाणिज्य क्षेत्रमा सक्रिय रहेका राउत अन्नपूर्ण सिमेन्ट, राउत कन्ट्रक्सन, सांग्रिला फुटवयेर, शिवम् सिमेन्टका सञ्चालक समेत हुन् । साथै उनले विराटनगरमा नै पहिलो पटक पाँचतारे होटल सञ्चालनको तयारी समेत थालेका छन् । राउत हेभी इक्वीमेन्ट, पेट्रोलियम पदार्थको बिक्रेता समेत हुन् । उनले सिन्धुली र हेटौँडामा चुनढुङ्गा माइनिङ समेत सञ्चालन गरेका छन् । साथै उनले यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष भएर समेत काम गरिसकेका छन् ।
यसैगरी महासंघको केन्द्रीय सदस्यमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दिप अग्रवाल पनि सर्वसम्मत चयन भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । उनीहरू दुवै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
- साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया