श्रम बजारलाई व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र अन्य चार साझेदार संस्थाबीच सम्झौता
काठमाडौं ।
नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चार साझेदार संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरूबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, नेपाल साना तथा घरेलु उद्योग महासंघका महासचिव डम्बर रेग्मी र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाली श्रमबजारको अध्ययन अनुसन्धान र तथ्यांक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए । कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै संस्थाबाट दुई/दुई जना प्रतिनिधि रहने गरी प्रोजेक्ट–कोअर्डिनेसन कमिटी गठन गरिएको छ । कार्यक्रम उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
- साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया