Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीन–नेपाल मनैदेखि झन् नजिक

चीन–नेपाल मनैदेखि झन् नजिक


काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । एभरेष्ट होटलमा शनिबारदेखि सुरु भएको ‘युन्नान सांग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्बिर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको बताए ।

उनले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । ‘कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीच मनको निकटता झन्–झन् बढेको छ’, उनले भने । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच सदियौं पुरानो सम्बन्ध रहेको र साझा विशेषता रहेको बताए । विना कुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीच सम्बन्ध फराकिलो हुँदै गएको उनको भनाइ थियो ।

मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो । पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपालसमेत सहभागी भएको र यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया