नवौं राष्ट्रिय कर दिवस : १५ उत्कृष्ट करदाता सम्मानित
काठमाडौँ ।
सरकारले हरेक वर्षझैँ आइतबार नवौँ राष्ट्रिय कर दिवस मनाएको छ । विगत नौ वर्षदेखि हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाइँदै आए पनि यस वर्ष भने केही ढिलो गरी आइतबार राष्ट्रिय कर दिवस मनाइएको हो । तिहार र छठ पर्वका कारण कर दिवस मनाउन केही ढिलो भएको आन्तरिक राजस्व विभागले जनाएको छ । राष्ट्रिय कर दिवस मनाउने क्रममा विभागले विभिन्न १५ वटा संस्था तथा उद्योगीहरूलाई सम्मान गरेको छ । यसरी उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनेमा डाबर नेपाल, हिमाल पावर लिमिटेड, अन्नपुर्ण एग्रो इण्डष्ट्जि प्रालिदेखि उद्योगी विजय कुमार शाह समेत छन् ।
विभागका अनुसार बढी आयकर तिरेर सम्मानित हुने १५ वटा संस्थाहरूमध्ये निर्यातकर्ताहरूमा भने डाबर नेपाल प्रालि, विशेष उद्योगमा हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि, सहकारी तथा लघु वित्त संस्थाहरूमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थामा नबिल बैंक लिमिटेड छन् । त्यस्तै, बीमा व्यवसायमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, शिक्षा सेवामा मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषणको कारोबारमा आईएमई लिमिटेड, व्यापार व्यवसायमा अग्नी इन्कर्पोरेडट प्रालि रहेका छन् ।
यस्तै बढी आयकर तिरेर सम्मानित हुनेमा पर्यटन व्यवसाय उद्योगमा होटेल तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रमा कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यलयहरूको कार्य क्षेत्रमा भीएफ सर्भिसेज (मोरिसस) प्रालि र मूल्यअभिवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामध्ये घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि, आर्थिक वर्ष ०७६-०७७ मा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । व्यक्तिगत आयकर तिर्नेहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा भने उद्योगी शाह छन् ।
विभागका अनुसार आइतबार राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा विभागमा भएको नवौँ कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो । यस्तै विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कोभिड १९ को प्रतिकूल अवस्थामा कर तिरेर सहयोग पु-याउने करदाताहरूको योगदानको प्रशंसा गरेका छन् । कर दिवसको पुनीत अवसरमा आम करदाता महानुभावहरूमा कोभिडको प्रतिकूल अवस्थामा पनि आव ०६७/०७७ मा तीन खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सहयोग पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै सरकारबाट आर्थिक ऐन २०७७ मार्फत उपलब्ध गराइएका विभिन्न कर छुट सुविधा तथा अवसरहरूको उपयोग गर्न उनले सबै करदातालाई आग्रह गरे ।
यो वर्ष पनि नेपाल सरकारबाट विभागलाई सुम्पिएको चार खर्ब ५० अर्ब राजस्व संकलनमा योगदान पु-याउन सबै कदरातालाई आग्रह गर्दै महानिर्देशक कुँवरले नवौँ कर दिवस मनाउने क्रममा यस अवधिमा कर प्रणालीलाई समयानुकूल र न्यायपूर्ण बनाउन विभिन्न प्रयासहरू गरिएको बताए । यसैबीच नवौँ राष्ट्रिय कर दिवसले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणालीमार्फत विकास समृद्धि र सुशासनको लक्ष्य हासिल गर्ने ध्येय राखेको विभागले जनाएको छ भने गुणस्तरीय कर परीक्षण एवं प्रभावकारी अनुसन्धानमार्फत स्वच्छ एवं पारदर्शी, व्यावसायिक र करदातामैत्री वातावरण कायम गर्न र प्रविधि सुधारमार्फत सेवा प्रवाहको सरलीकरण र कर सहभागिता लागत घटाउन विभागको प्रतिबद्धता समेत रहेको छ ।
हाल विभागले मातहतका ८४ वटा कार्यालयहरूबाट करिब ३५ लाख करदाताहरूलाई प्रत्यक्ष सेवा पु-याउँदै आएको र मुलुकको राजस्व संकलनमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । यस्तै हरेक वर्ष करदाताको संख्यामा वृद्धि हुँदै आएको छ । लोककल्याणकारी राज्यमा कर राजस्व संकलनको माध्यम मात्र नभएर राज्यले अवलम्बन गरेको आर्थिक समृद्धि र न्यायपूर्ण समाज स्थापनाका लागि पनि उत्तिकै अपरिहार्य हुने सिद्धान्तअनुरुप कर उठाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया