Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्यालेक्सी डेण्टल एण्ड सर्जिकलको सेनिटाइजरमा प्रतिबन्ध

ग्यालेक्सी डेण्टल एण्ड सर्जिकलको सेनिटाइजरमा प्रतिबन्ध


विराटनगर ।
औषधि व्यवस्था विभागले मोरङ जिल्लाका दुई कम्पनीका सेनिटाइजरमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा असर पु-याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ । बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको हो ।

विभागका अनुसार सुनिमा आयुर्वेद कम्पनी मोरङ र अनिल चौधरीको ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका सेनिटाइजरमा मेथानोल भेटिएको थियो । ती कम्पनीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको सेनिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको थियो । प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न विभागले सबैसँग पनी आग्रह गरेको छ । त्यस्ता सेनिटाइजर तत्काल बजारबाट बिक्री वितरणमा रोक लगाउदै फिर्ता लैजान पनि विभागले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया