Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरिब २ हजारमा कोरोना ३ हजार बढी निको

करिब २ हजारमा कोरोना ३ हजार बढी निको


काठमाडौं ।
सोमबार मात्रै तीन हजारभन्दा बढी व्यक्ति कोरोनामुक्त भएका छन् भने करिब दुई हजार नयाँ व्यक्तिमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दश हजार तीन सय ८१ जनाको परीक्षण गर्दा एक हजार नौ सय ८० नयाँ व्यक्तिमा कोरोना देखिएको छ भने तीन हजार ४३ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसलाई जित्नेको प्रतिशत ९० दशमलव ९ प्रतिशत देखिएको छ । सोमबारसम्म दुई लाख २२ हजार दुई सय ८८ जनालाई कोरोना लागेकामा दुई लाख दुई हजार ६७ जनाले कोरोनालाई जितेका छन् । हाल कोरोबाट १८ हजार आठ सय ८४ जना व्यक्ति प्रभावित भएका छन् । उनीहरु घर तथा अस्पतालमा कोरोनासँग संघर्ष गरिरहेका छन् । नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको प्रतिशत नौ दशमलव पाँच रहेको छ । नेपालमा सोमबारसम्म १६ लाख ७० हजार चार सय ५६ जनाको कोरोना परीक्षण गरिएको छ । सोमबारसम्म एक हजार तीन सय ३७ जनाको नेपालभित्र कोरोनाबाट मृत्यु भएको छ ।

सोमबारको विवरणअनुसार काठमाडौं उपत्यकामा मात्रै एक हजार सात जनामा कोरोना देखिएको छ । त्यसम महिलाको संख्या चार सय ५४ र पुरुषको संख्या पाँच सय ५३ रहेको छ । सोमबारसम्म काठमाडौं जिल्लामा कोरोनाका सक्रिय संक्रमित आठ हजार छ सय ६७ जना, भक्तपुरमा छ सय २८ जना र ललितपुरमा एक हजार चार सय ९८ जना छन् । कोरोनाबाट काठमाडौंमा तीन सय २६ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा ९० जनाको मृत्यु भइसकेको छ । अरु मृत्यु हुनेको संख्या काठमाडौं उपत्यकाबाहिर हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया