बहुप्राविधिक शिक्षा सञ्चालन गर्ने थुलुङदुधकोशी पहिलो
सोलुखुम्बु ।
थामा थुलुङदुधकोशी गाउँपालिका बहुप्राविधिक शिक्षा सञ्चालन गर्ने पहिलो स्थानीय तह भएको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै उनले प्रदेश सरकार प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिँदै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित भएको बताए । सोहीअनुसार प्रदेश १ मा छनोट भएका पाँचवटा जिल्लामध्ये कतिपय जिल्लामा जग्गा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थुलुङदुधकोशी गाउँपालिकाले उद्घाटन गरी कक्षा सञ्चालन गर्नु आफैँमा प्रशंसायोग्य कार्य भएको उनको भनाइ थियो ।
सोलुखुम्बुवासीले सही नेतृत्व छनोट गर्न सफल भएकाले नै आज गाउँगाउँमा सडक, विद्युत्, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भइरहेको भन्दै मुख्य मन्त्री राईले थुलुङदुधकोशीलाई नगरपालिका बनाउने आधारभूत मापदण्ड पूरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै आन्तरिक योजना तथा अर्थमन्त्री इन्द्र आङ्बोले गाउँपालिकामा भइरहेको विकास निर्माणको प्रशंसा गरे । थुलुङदुधकोशी गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पूर्वधार निर्माणमा गरेको कार्य मननयोग्य रहेको भन्दै अन्य स्थानीय सरकारले समेत अनुसरण गरी व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।
यस्तै सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य हेमकुमार राईले जिल्लाको बृहत्तर विकासमा आफूहरू केन्द्रित भएको बताए । शिक्षा स्वास्थ्य, सडक र सञ्चारलाई प्रमुख प्राथमिकतामा राखेर जिल्लामा काम भइरहेको भन्दै सहयोगको लागि आग्रह गरे । नेकपा प्रदेश एक संसदीय दलका प्रमुख सचेतक एवं सांसद बुद्धिकुमार राजभण्डारीले बहुप्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुको लागि मात्र नभई छिमेकी जिल्ला खोटाङ र ओखलढुंगासहितका लागि पनि महत्वपूर्ण रहेको बताए ।
प्रदेश सांसद उत्तमकुमार बस्नेतले अधिकांश विकासमा सडक बाधक बनेको भन्दै अन्तरजिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । गाउँपालिका अध्यक्ष असिम राईले गाउँपलिकाले अघिसारेको दिगो विकासको योजना सुनाउँदै थप सहयोगका लागि आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपाकिला उपमेयर कल्पना राईलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया