इलाम ।
इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) जौवारी स्थापना भएको छ । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा कृषि राज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारबाहीहरूमा परिचालित हुनेछ ।
इलाम जिल्लाको सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल भारत सीमानाकाभन्दा करिब एक किलोमिटरवर स्थापना गरिएको उक्त बीओपीले सोमबारबाट नै दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो । नेपाल सरकारको नीतिअनुरूप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टहरू थप गर्दै लगिएको हो । हालसम्म एक सय ८९ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको छ भने पहिलो चरणमा दुई सय २१ वटा बोर्डर आउट पोस्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया