Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा एक लाख नाघे संक्रमित

काठमाडौं उपत्यकामा एक लाख नाघे संक्रमित


काठमाडौं ।
काठमाडौं उत्यकामा थप नौ सय ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख चार हजार छ सय ८२ पुगेको छ । मंगलबार थपिएका सङ्क्रमितमध्ये काठमाडौंका ६ सय ९२, ललितपुरका १ सय ९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ८४ हजार ५ सय १७, ललितपुरमा १२ हजार ५ सय ७७ तथा भक्तपुरका सात हजार ५ सय ८८ सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४ सय ४२, ललितपुरमा १० हजार ८ सय ९७ तथा भक्तपुरमा छ हजार ८ सय ९३ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३ सय ३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

यस्तै, काठमाडौं उपत्यकासहित देशभर थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७ सय २१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८ सय

४३ को पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८ सय ५९ सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया