राज्यको सुविधाबाट अधिकतम लाभ लिई उद्योग व्यवसायलाई निरन्तरता दिन आग्रह
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी तथा व्यवसायीहरूलाई राज्यले दिएको सुविधा लिई आफ्नो उद्योग व्यवसायलाई निरन्तरता दिन आग्रह गरेको छ । छैटौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उद्योग, वाणिज्य तथा आपूूर्ति राज्यमन्त्री मोतीलाल दुगडले राज्यले उद्योगी व्यवसायीलाई उपलब्ध गराएको प्रोत्साहन सुविधा, सहुलियतपूर्ण कर्जा र अन्य सुविधाबाट अधिकतम लाभ लिई आफ्नो उद्योग व्यवसायलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यअनुरुप आर्थिक समृद्धिको आधारहरू तयार भइरहेको अवस्था रहेको बताउँदै राज्यमन्त्री दुगडले उद्योगमैत्री कानुनको निर्माण, औद्योगिक पूर्वाधार विकास तथा सेवा प्रवाहमा सहजीकरणबाट लगानीको वातावरण निर्माण गरिएको बताए ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ तथा बलियो बनाउन स्वदेशी श्रम, सीप र कच्चा पदार्थको प्रयोग गरी उद्योग व्यवसायको विकास गर्नुपर्ने बताए । ‘सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको लागि उद्योग व्यवसायको विकास, साधनस्रोतको संरक्षण तथा प्रवर्द्धन गरी नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने राज्यको नीति रहेको छ’, मन्त्री दुगडले भने, ‘उद्योग व्यवसायको विकासबाटै मुलुकमा रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गरी व्यापारघाटा न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गर्ने स्वदेशी उद्योगहरूबाट उत्पादित वस्तु तथा सेवालाई उपभोक्तासम्म पुग्ने गरी बल आपूर्ति शृंखला स्थापना गर्नुपर्ने समेत आवश्यकता रहेको छ ।
उनले सन् २०२० को सुरुवातसँगै विश्वव्यापी महामारी कोभिड १९ को कारणले विश्वभर संक्रमण फैलिँदा मानव जनजीवनका साथै उद्योग व्यवसाय समेत प्रभावित बनेको बताए । ‘स्वदेशी लगानीमा उद्योगधन्दाको स्थापना र सञ्चालन गर्ने क्रम वृद्धि भएको र अन्तर्राष्ट्रियस्तरमा लगानीको सकारात्मक सन्देश प्रवाह भएको र विदेशी लगानी आकर्षित भई लगानीको प्रतिबद्धता बढिरहेको अवस्थामा सन् २०२० को सुरुवातसँगै विश्वव्यापी महामारी कोभिड १९ को कारणले विश्वभर संक्रमण फैलिएको अवस्थामा सार्वजनिक जनजीवन, यातायात, व्यापार व्यवसाय, उद्योग क्षेत्रलगायत समग्र अर्थतन्त्र समेत नराम्ररी प्रभावित भएको छ’, राज्यमन्त्री दुगडले भने, ‘हाल भने विस्तारै आम जनजीवन सामान्य बनिरहेको छ भने उद्योग कलकारखानाहरू पूर्ण क्षमतमा सञ्चालन हुन र उद्योग क्षेत्रलाई पूर्व अवस्थामा आइपुग्न अझै केही समय लाग्नेछ ।’
यस्तै उनले बौद्धिक सम्पत्तिको संरक्षण गर्नु, नवप्रवर्तन र आविष्कारलाई औद्योगीकरणमा आबद्ध गराई सूचना प्रविधिको अधिकतम उपयोग गरी सिर्जनशीलतालाई प्रोत्साहन गर्दै उत्पादनको विविधीकरण र विस्तार गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
यस्तै उद्योग सचिव चन्द्र कुमार घिमिरेले उद्योग दिवसको अवसरमा उद्योगी व्यवसायी एवं उद्योग क्षेत्रसँग आबद्ध सम्पूर्ण सदस्यलाई शुभकामना व्यक्त गर्दै सरकारको नीतिगत मार्गदर्शनअनुरुप औद्योगिक विकासलाई तीव्रता दिई औद्योगीकरणको माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको प्रवर्द्धन गरी जनताको जीवनस्तर उकास्ने र समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा मन्त्रालय प्रतिबद्ध रहँदै आएको बताए । ‘हामी सरकारको नीतिगत मार्गदर्शनका साथ अघि बढेका छौँ’, उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रमा सरकारको निर्देशनअनुरुप अघि बढ्ने क्रममा उद्योगसँग सम्बन्धित नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिएका छौँ ।’
सचिव घिमिरेले कोभिडको कारण उद्योग तथा निजी क्षेत्र प्रभावित बनेको हुँदा उनीहरूसँग समन्वय गरी समग्र उद्योगलाई सुचारु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्दै आएको बताए । उनले उद्योगको विकासकै लागि बौद्धिक सम्पत्तिसम्बन्धी विधेयक २०७७ र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक २०७७ मन्त्रिपरिषद्समक्ष पेश हुने क्रममा रहेको बताए भने चालू आर्थिक वर्ष (०७७/७८) थप एक सय ३० वटा औद्योगिक ग्राम निर्माण गर्ने लक्ष्य रहेको बताए ।
मन्त्रालयका अनुसार उद्योग व्यवसाय स्थापना र सञ्चालन गर्न सरल, सहज, पहुँचयोग्य बनाउन संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय र सहकार्यमा विभिन्न ऐन, नियम निर्देशिका, कार्यविधिहरू समेत जारी गरेको छ । यस्तै मन्त्रालयले उद्योग दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम भने गरेन । नेपालमा वि.सं. १९९३ मा उद्योग परिषद्को स्थापना भएपश्चात् औपचारिक रुपमा औद्योगिक विकासको प्रारम्भ भएको मान्यता छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया