नेपालको भारत र तेस्रो मुलुकसँगको व्यापार सुधारोन्मुख
काठमाडौं ।
कोभिड १९ महामारीको समयमा नेपालले भारतलगायत तेस्रो मुलुकसँग गर्ने व्यापारमा सुधारोन्मुख देखिएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधि अर्थात् गत आव (०७६/७७) को पहिलो चौमासिकको तुलनामा चालू आव (०७७/०७८) को सोही अवधिमा नेपालले भारतलगायत तेस्रो मुलुकसँग गर्ने व्यापारमा १२ प्रतिशत अर्थात् ५१ अर्ब ७२ करोड ९७ लाख रुपैयाँले कमी आएको छ । चालू आवको पहिलो चौमासिकमा नेपालको अन्य मुलुकसँगको व्यापारघाटा तीन खर्ब ६२ अर्ब २९ करोड रहेकोमा गत आवको सोही समयमा भने चार खर्ब १४ अर्ब एक करोड रुपैयाँ रहेको छ ।
पहिलो चौमासिकमा व्यापारघाटा सुधारन्मोख देखिुनमा निर्यातमा वृद्धि तथा आयातमा भएको कमीको कारण भएको विभागका अधिकारीहरुको भनाइ छ । कोभिडका कारण बजारहरु सामान्य अवस्थामा जसरी चल्न नसक्दा आयातमा संकुचन हुनपुगेको विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए ।
यस्तै पहिलो चौमासिकमा निर्यातमा भने ११ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा नेपालबाट ४० अर्ब २० करोडको सामग्री निर्यात भएको छ । गत आवको सोही अवधिमा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँबराबरको सामग्री निर्यात भएको थियो । यस्तै समीक्षा अवधिमा आयातमा ११ प्रतिशतले कमी आएको छ भने सो अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँबराबरको सामग्री आयात गरिएको छ । यस्तै गत आवको सोही अवधिमा चार खर्ब ५० अर्ब २९ करोड ८९ लाख रुपैयाँबराबरको सामग्री आयात गरिएको थियो ।
यस्तै चार महिनाको अवधिमा कुल वैदेशिक व्यापारमा समेत नौ प्रतिशतले कमी आएको छ अर्थात् सो अवधिमा चार खर्ब ४२ अर्ब ६९ करोडबराबरको वैदेशिक व्यापार भएको छ । यस्तै गत आवको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार चार खर्ब ८६ अर्ब ५७ करोड रहेको थियो । अधिकारीहरुका अनुसार नेपालले पेट्रोलियम पदार्थका साथै हवाइ तथा सवारीसाधनका महंगा पार्ट्स तथा कृषिजन्य सामग्रीलगायतका वस्तु आयात गर्ने गरेकोमा सोमा समेत कमी आउँदा आयातमा कमी हुन गएको हो ।
यस्तै चालू आवको चार महिनाको अवधिमा खाद्यान्न, तरकारीलगायतका सामग्रीको समेत आयातमा कमी आएको छ । विभागका अनुसार नेपालका व्यवसायीहरुले यस अवधिमा एक सय ३२ भन्दा बढी राष्ट्रसँग व्यापार गरेको छ । जसमा ९० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटामा छ भने अजरबैजान, बोस्निया एण्ड हर्जगोभिनिया, कंगो, ग्रिसलगायतका सीमित मुलुकहरुसँग भने नेपालको व्यापार राम्रो रहेको अर्थात् व्यापार नाफामा छ । सरकार तथा निजी क्षेत्रले विशेष गरी कृषिजन्य सामग्री र औद्योगिक कच्चा पदार्थको उत्पादनमा जोड नदिँदा नेपालको भारतलगायत अन्य मुलुकसँग सदैव व्यापार घाटामा रहने गरेको यस क्षेत्रका विज्ञ तथा सरोकारावालाहरुको भनाइ छ ।
चार महिनाको अवधिमा भारतबाट सबैभन्दा बढी दुई खर्ब ६४ अर्ब नौ करोडबराबरको सामग्री आयात गरिएको छ भने २७ अर्ब ८६ करोड ८७ लाखबराबरको सामग्री निर्यात गरिएको छ भने त्यसपछि चीनबाट छ अर्ब एक अर्ब २० करोडको आयत तथा २९ करोडको सामग्री निर्यात, अमेरिकाबाट तीन अर्ब ६७ करोड ९६ लाखको आयात तथा तीन करोड ६२ लाखबराबरको सामग्री निर्यात गरिएको छ । यस्तै आयातनिर्यात सूचकांकमा समेत चालू आवको चार महिनाको अवधिमा १९ प्रतिशतले कमी देखिन्छ । चालू आवको चार महिनामा १० प्रतिशत रहेकोमा गत आवको सोही समयमा १२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया